
हेटौँडा । सफा र हरित नगरिको पहिचान बनाएको हेटौँडालाई अझैं आकर्षक बनाउने प्रयास थालनी गरिएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरलाई थप सुन्दर बनाउने प्रयास थालेको हो ।
उपमहानगरपालिकाले नगरको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनका लागि भित्ता तथा पर्खालमा चित्र कोर्न सुरु गरेको हो । नगर क्षेत्रको महत्वपूर्ण धार्मिक, पर्यटकीय गन्तव्यको पर्खालमा चित्र कोरिएको हो ।
चित्रकला मार्फत हेटौँडाको प्रचारप्रसार गर्ने उद्देश्यले पुर्वपश्चिम राजमार्ग, हेटोैंडा–१० स्थित नेपाल ट्रष्टको पर्खालमा चित्र कोर्न सुरु गरिएको छ । चित्रकला मार्फत् हेटौँडा नगरलाई सुन्दर बनाउने अभियान अनुसार विभिन्न वडामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचानलाई समेटेर चित्र कोर्न लागिएको उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले बताइन् ।
एक सय वर्ष पुरानो चुरियामाई सुरुङ, चुरियामाई मन्दिर, भूटनदेवी मन्दिर पर्यटकीय स्थल गुम्बाडाँडा, मकवानपुरको पहिचान ठेकी लगायत पहिलो चरणमा १७ सय स्क्वार क्षेत्रमा १५ वटा चित्र कोरिने उपमहानगरले जनाएको छ । चित्र निर्माणको काममा उपमहानगरले ४ लाख ६८ हजार ३५३ रुपैंयामा ठेक्का लगाएर काम थालेको हो ।
प्रतिक्रिया दिनुहोस्