काठमाडौं । सरकारले उखुको मुल्य तोकेको छ । बुधबार मन्त्रिपरिषदले तोकेको उखुको मूल्यमा किसानहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शीर्षकमा थप प्रति क्वीन्टल ४ रुपैयाँ ७७ पैसा थप गरे र मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । उखुको लागत भन्दा कम मूल्य तोकेको भन्दै किसानहरुले भने विरोध जनाएका छन् ।