हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १२ नं. वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि कोलखोप युवा क्लवले जितेको छ । घले युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोलखोपले उपाधि जितेको हो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ खेलकुद विकास समिति ठिंगनको आयोजनामा भएको फुटबल प्रतियोगितामा विजेता कोलखोपले नगद २५ हजार सहित शिल्ड, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता घले युवा क्लवले नगद १० हजार शिल्ड, प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । प्रतियोगितामा चार टीमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले युवा र खेलकुदलाई पालिकाले थप प्रोत्साहन गर्दै जाने बताए । उनले खेलमैदान सुधार र व्यवस्थित बनाउनका लागि पालिकाले पाँचलाख विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बकैया गाउँपालिकाका लामिछाने, ११ नं. वडा अध्यक्ष गोपाल नेसुर, १२ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, १२ नं. वडा खेलकुद विकास समिति ठिंगनका अध्यक्ष किरण घले, कान्ति माविका प्रध्यानाध्यापक जगतबहादुर घले, विद्यालय व्यवस्थापन समिति रुपेन घले, बकैया खेलकुद विकास समिति संयोजक विजय लामा, ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरी, चेत बहादुर घले, मनोज बजगाईं, राजनीतिक दलका प्रतिनिधि, स्थानीय खेलप्रेमी लगायतकाको उपस्थिती रहेको थियो ।