हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा चौंथो थाहा महोत्सव हुने भएको छ । आगामी मंसिर १४ गतेदेखि २५ गते सम्म महोत्सव हुने भएको हो ।

महोत्सवमा थाहा आइडल एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुले क्रमश ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने कार्यक्रम संयोजक यादवजंग रायमाझीले जानकारी दिए । मंसिर ७ गतेसम्म फारम भर्ने अन्तिम मिति तोकिएको छ ।