हेटौंडा । हेटौंडामा स्वर्गीय सदुर्शन घिमिरे स्मती यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । एफसी मुण्डियाल हेटौंडाले ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारा सहित आउँदो मंसिर ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगितामा मकवानपुरका ११ वटा र जिल्ला बाहिरका ३ वटा गरी कुल १५ वटा टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुदिप सिंह ठकुरीले जानकारी दिए । दक्ष खेलाडी उत्पादन तथा पहिचान गर्ने र मकवानपुरलाई खेलकूदको हबको रुपमा थप विकास गर्न प्रतियोगिताले सहयोग गर्ने उनले बताए ।

प्रतियोगिताको विजेताले नगद नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उक्त विजेता (प्रथम) पुरस्कार हेटौंडा ५ का सुस्मा घिमिरे तथा घिमिरे परिवारबाट सहयोग प्राप्त भएको संयोजक ठकुरीले बताए । उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

प्रतियोगिता मुख्य प्रायोजन हेटौंडा सिटी कलेज गरेको छ भने सहप्रयोजकको रुपमा दाजुभाई स्विट्स रहेको छ । उनीहरुले क्रमशः ६५ हजार र ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै हेटौंडा ५ का प्रकाश बस्नेतले आफ्नो स्वर्गीय माता भव कुमारीको बस्नेतको नाममा रु २५ हजार, हेटौंडा ५ कै बावुराम खनालले आफे स्वर्गीय माता शोभा देवी खनालको नाममा रु ३० हजार, हेटौंडाका प्रकाश पुरीले रु २५ हजार ५५५ रुपैयाँ र गोविन्द प्रसाद अर्यालले रु १५ हजार सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

विधाग रुपमा उत्कृष्ट हुने पाँच जना खेलाडी तथा प्रशिक्षकलाई नगद ५/५ हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितोका सर्वोउत्कृष्ट खेलाडी नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । ९ दिन सञ्चालन हुने प्रतियोगिताको लागत अनुमान ६ लाख रहेको छ ।