हेटाैँडा । हेटौंडा उपमहानगरपालिकामा महिला क्रिकेट महोत्सव सुरु भएको छ । क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुर जिल्ला क्रिकेट संघले मंगलबारदेखि फेस्टिबल आयोजना गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने फेस्टिबलमा क्रिकेटमा छात्राहरूको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको संघका सचिव विनोदकुमार बानियाँले बताए ।

फेस्टिबलमा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ विद्यालयका टिम सहभागी रहेको महिला क्रिकेट फेस्टिबलका कार्यक्रम संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । सहभागी टोलीलाई ६ ओभरको खेल खेलाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक क्यालेन्डर अनुसार महिलालाई क्रिकेटतर्फ आकर्षण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।