भीमफेदी गाउँपालिका संक्षिप्त परिचय :
भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी रहेकाे छ ।यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा.वि.स. हरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो ।यस गाउँपालिका अन्तर्गतका साविक गा.वि.स. हरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार(१,२,३) रहेका छन् । तामाङ्ग, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।यस गाउँपालिकामा ९ वटा वडा रहेको छ ।
यस गाउँपालिकाको सिमानामा पूर्व तर्फ ललितपुर जिल्ला,पश्चिम तर्फ कैलाश गाउँपालिका र हेटौडा उप-महानगरपालिका, उत्तर तर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिण तर्फ हेटौडा उप-महानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ ।
जनगणना २०६८ अनुसार यस गाउपलिकाको साक्षरता प्रतिशत ६८.८ रहेको छ ।यस मध्य पुरुष साक्षरता प्रतिशत ७५.४ र महिला साक्षरता प्रतिशत ५८.३ रहेको देखिन्छ ।
स्रोतःhttps://bhimphedimun.gov.np/
प्रतिक्रिया दिनुहोस्