हेटौंडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने बताएका छन । मकवानपुरको मनहरीमा वनकरीयालाई जाडोका लागि न्यानो सिरक वितरण गर्दै उनले देशको सबै नागरिकप्रति सरकारले समान व्यवहार गर्ने स्पष्ट पारे ।

‘सबैलाई संविधानले बराबरी अधिकार दिएको छ, संविधानतः सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ,’–मन्त्री श्रेष्ठले भने । आर्थिक रुपमा विपन्न, लोपोन्मुख, सिमान्तकृत समुदायहरुलाई सरकारले विशेष अभिभावकत्व प्रदान गर्नुपर्नेमा उहाँले जोडदिए । बागमती प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख, वनकरीया, हायू र अति सीमान्तकृत जातीलाई जाडोमा उहाँहरूको घरमा न्यानो भित्रियोस् भनेर तातो ओड्ने फाइबर सिरक वितरण गरिएको उनले स्पष्ट पारे ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले मकवानपुर र सिन्धुली जिल्लाको सीमान्तकृत र लोपोन्मुख समुदायलाई न्यानो ओढ्ने (फाईवर सिरक) वितरण गरेको छ । मन्त्रालयको चालु आर्थिक बर्षको विपद् गैर खाद्य सामाग्री कार्यक्रम अन्र्तगत थामी, हायू, वनकरीयालाई न्यानो कपडा वितरण गरिएको हो ।