हेटौंडा । मकवानपुरको थाहानगर चित्लाङमा हिउँ खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको उत्तरी क्षेत्र काठमाडौं र मकवानपुरको सिमानमा अवस्थित चित्लाङमा हिउँमा खेल्दाखेल्दै एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रवार अविरल बर्षासँगै परेको हिउँ खेल्न साथीहरुसँगै आएका युवकको शनिबार दिउँसो हिउँमा खेल्ने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन् ।