
हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रक्षादेवी टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयाँलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजय कुमार हुमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ सदस्य हिरामणी श्रेष्ठ, दिर्घमणी भट्टराई र सरसफाईमा दिल बहादुर कामीलाई सम्मानित गरिएको थियो । हेटांैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा हेटौडा ६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु प्रसाद ढुङगाना, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, शान्तिटोल टोल विकास संस्था अध्यक्ष केशव धिताल, नवप्रभात टोल विकास संस्था अध्यक्ष सम्झना सापकोटा, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, संस्थाका सल्लाहकार शम्भु बहादुर रिमाल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो । टोल विकास संस्थामा ८७ घरधुरी आवद्ध रहेका छन ।
प्रतिक्रिया दिनुहोस्