अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरे

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा एक हजार ७८४ उजुरी परेको छ । चालु आवको कार्तिक मसान्त सम्म आयोगको कार्यालय हेटौँडामा विभिन्न माध्यमबाट प्राप्त भएका ९०४ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८८० सहित सो संख्यामा उजुरी परेको हो ।

अख्तियारको कार्यालय हेटौँडाले गत आवको १७८ र चालु आवको ३१० सहित ४८८ उजुरी फछ्र्यौट गरेको छ भने एक हजार २९६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

अख्तियारको कार्यालय हेटौँडाका अनुसार राजस्व हिनामिना सम्बन्धी ६७५ उजुरी परेकोमा १५३ वटा उजुरी फछ्र्यौट भएको छ । गैरकानुनी लाभहानी सम्बन्धी ४२४ उजुरी परेकोमा १०९, सार्वजनिक खरिद निर्माण सम्बन्धी ३३२ उजुरी परेकोमा ७८, विविध २२१ उजुरी परेकोमा ९६ उजुरी फछ्र्यौट भएको हो । त्यस्तै भूमि सम्बन्धी ९१ उजुरी परेकोमा २६, गैर कानुनी सम्पत्ति सम्बन्धी २० उजुरी परेकोमा १४, शैक्षिक प्रमाणपत्र सम्बन्धी १६ उजुरी परेकोमा ९, घुस÷रिसवत सम्बन्धी ५ उजुरी परेकोमा ३ वटा उजुरी फछ्र्यौट भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

त्यस्तै स्थानीय तह (सङ्घीय मामला) को ९९७ उजुरी परेकोमा २५७ फछ्र्यौट भएको छ । स्थानीय तह (शिक्षा) ३१२ उजुरी परेकोमा ८३, प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायात मन्त्रालय मात्र) को १०९ उजुरी परेकोमा २६, भूमि व्यवस्था सहकारी तथा गरिबि निवारणको ९६ उजुरी परेकोमा ३२ र प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणको ५९ उजुरी परेकोमा १९ वटा उजुरी फछ्र्यौट भएको छ भने अन्य २११ उजुरी परेकोमा ७१ उजुरी फछ्र्यौट भएको तथ्याङ्क छ ।

अख्तियारको कार्यालय हेटौँडामा गत आवबाट सरेर आएको र यस आवको उजुरी सबैभन्दा धेरै बारा र कम रसुवा जिल्लाको परेको छ । तथ्याङक अनुसार बाराको ५०८, रौतहटको ४०८, पर्साको ३५८, मकवानपुरको ३२०, चितवनको १४२ उजुरी परेको छ । त्यस्तै धादिङको १५, दोलखाको ९, नुवाकोटको ९, काभ्रेपलाञ्चोकको ९, सिन्धुपाल्चोकको ५, रामेछापको ४ र रसुवा जिल्लाको ३ वटा उजुरी अख्तियारको कार्यालय हेटौँडामा परेको हो ।

आयोगमा परेका उजुरीहरू र आयोगले दायर गरेका आरोपपत्रहरूका अनुसार गैरकानुनी लाभ वा हानी नोक्सानी पुर्याउने, घुस÷रिसवत लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना र दुरूपयोग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, झुठा ÷ नक्कली शैक्षिक प्रमाणपत्र लिई व्यक्तिलाई लाभ पुयाई सरकारी कोषको. दुरूपयोग गर्ने, सरकारी राजश्व चुहावट तथा मस्यौट गर्ने, गलत लिखत वा प्रतिवेदन बनाउने, कागजात सच्याउने, परीक्षाको गोपनीयता भंग गर्ने, परिणाम फेरबदल गर्ने जस्ता भ्रष्टाचारका प्रवृत्तिहरू रहेको देखिन्छ ।

अख्तियारमा सबैभन्दा धेरै इमेल मार्फत उजुरी परेको छ । अख्तियारको तथ्याङ्क अनुसार लिखित निवेदन, टेलिफोन, हुलाक सेवा, समाचारपत्र भाइवर र फेसबुकको माध्यमबाट उजुरी दर्ता हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा बारा, रौतहट, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाबाट उजुरी परेको र सो उजुरी कार्वाही गर्ने गर्दै आईरहेको छ ।