हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिरमा गमला सहितको फूलरोपण गरिएको छ । हेटौडा–६ मा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको आयोजनामा फूलरोपण कार्य गरिएको हो ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष नानीमाया रुम्वाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा धुपी, सयपत्री, लालुपाते लगायतका फूलहरु रोपिएका थिए ।

कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति सचिव राजकुमार फुयाँल, सृजना टोल विकास संस्था अध्यक्ष जीव कुमारी पौडेल, दिब्यनगर टोल विकास संस्था अध्यक्ष दीपक ढकाल, बंशगोपाल तथा कुशेश्वर महादेव संरक्षण समिति अध्यक्ष दामोदर धिताल, उपाध्यक्ष गोकुल लामिछाने, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।