हेटाैँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा २२ किलोभन्दा बढी गाँजासहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ– ६ स्थित लोथर खोलाबाट दुईजनालाई गाँजासहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले लोथर खोला हुँदै शंकास्पद रूपमा हिँडिरहेका दुई युवालाई रोकेर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट २२ किलो ५४ ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा राक्सिराङ– ७ निवासी २५ वर्षीय देवन प्रजा र २० वर्षीय जेम्सन प्रजा रहेका छन्। प्रहरीले बरामद गाँजासहित दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएको थियो।
प्रहरीले दुवैविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





















प्रतिक्रिया दिनुहोस्