हेटौंडा । हेटौडा–६ मा रहेको प्रभातकालीन टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हेटौडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष सम्झना सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष सापकोटाले संस्थागत प्रतिवेदन पेश गरेकी थिईन ।

साधारणसभामा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी गंगा चौलागाई, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का सचिव राजकुमार फुयाँल, सदस्य पवित्रा अधिकारी, रक्षादेवी टोल विकास संस्थाका उपाध्यक्ष केशव प्रसाद कोईराला, शान्तिटोल टोल विकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाई, सस्थाका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार रामहरि चौलागाई, कृष्ण प्रसाद घोरसैनी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, टोलबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रभातालीन टोलमा ७० घरधुरी आवद्ध रहेको सचिव मदन न्यौपानेले बताए ।