हेटौंडा । हेटौंडाका पत्रकार रमेश बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाइ पाएका छन् ।

मंगलबार जिल्ला अदालत मकवानपुरले अन्तिम सुनुवाई गर्दै बन्जारलाई सफाई दिएको हो । गत बर्षको ३० चैतमा बन्जाराले आफुलाई जबर्जस्तीकरणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् । उजुरी पस्चात बन्जारा पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका थिए ।

मंगलबार श्रीप्रसाद संजेलको इजलासले बन्जरालाई सफाइ दिएको हो ।