![](https://anirudrakhabar.com/wp-content/uploads/2024/01/Ban-2-1024x576.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2024/01/Ban-2-1024x576.jpg)
हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौंडा को आयोजनामा वन ब्यवस्थापन स्थलगत फिल्ड अभ्यास तालिम सम्पन्न भएको छ ।
कार्यालयको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । हेटौंडा –६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ६ मा फिल्ड अभ्यास गरिएको थियो ।
तालिममा सव डिभिजन वन कार्यालय हेटौडाकी वन अधिकृत सविना रिजाल र फरेष्टर यदुकुमार घिमिरेले सहजीकरण गरेका थिए । तालिममा वन ब्यवस्थापनका फाईदा, ब्यवस्थापन गर्दा अपनाउनु पर्ने विधि, प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।
तालिममा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी सामुदायिक वनका अनुगमन समिति सदस्य राजकुमार पौडेल, उपभोक्ता कर्मचारी समेत गरि ३० जनाको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्