हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, कमलडाँडा निवासी हेटौंडाका बरिष्ठ पत्रकार प्रताप विष्टका छोरा डाक्टर घोषणा विष्ट र सुजता कार्कीले आफ्नो विवाहको अवसरमा हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन् । बिवाहपछी पार्टीमा हुने फजुल खर्च नियन्त्रण गर्दै त्रिबेणी धाममा बुद्धको मुर्ति स्थापना गरेका हुन् ।

पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भइरहेको त्रिवेणी धाममा उनीहरुले ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति प्राण प्रतिष्ठा गरेका हुन् । करिब १२ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको मूर्तिको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ अनावरण गरेका हुन् ।

घोषणा अग्रज सञ्चारकर्मी प्रताप विष्टका कान्छा छोरा हुन् । विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए ।