हेटौंडा ।  थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ ।

बिद्यालयले बार्षिकोत्सब समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए । कार्कीका अनुसार माघ १९ गते प्रभातफरी र प्रथमिक तह स्तरीय नृत्य प्रतियोगिता सहित बार्षिकोत्सब उद्घाटन समारोह हुनेछ ।

त्यस्तै २० गते जनकल्याण माबिको बिगत, बर्तमान र भविश्य बिषयक पूर्व बिद्यार्थी अन्तरक्रिया कार्यक्रम र माटो परीक्षण कार्यक्रम हुने र २१ गते स्थानीय समुदायको सरसफाईका साथै सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम गरिनेछ ।

२०२५ मा स्थापना भएको बिद्यालयमा हाल साधारण तर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण तर्फ मानबिकी, ब्यबस्थापन, शिक्षा शास्त्र र बिज्ञान संकायको अध्ययन भइरहेको छ । प्राबिधिक तर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सिटिभिटि अन्तरगतको ३ बर्षे डिप्लोमा इन प्लान्ट साईन्स अध्यापन भइरहेको छ ।