हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–६ ओखरगाउँमा शुक्रवार साँझ आगलागी भएको छ । आगलागीमा ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार थाहा नगरपालिका वडा नं.६ ओखरगाउँमा स्थानीय केदार सिन्तानको कच्ची घरमा आगलागी हुँदा ६० हजार नगद सहित ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीबाट घर पुर्ण रुपमा जलेर क्षति भएको र घरभित्र रहेको अन्नपात गरगहना, नगद तथा धनमाल नष्ट भएको हो । मानबिय, चौपाया क्षेती नभएको प्रहरीले जनाएको छ ।