![](https://anirudrakhabar.com/wp-content/uploads/2022/09/1080705115death.jpeg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2022/09/1080705115death.jpeg)
हेटौंडा । हेटांैडा—काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ भएर यात्रारत एक यात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना.१ज ७९५८ नं.को सुमोमा सवार बारा कोल्वी नगरपालिका ६ पर्सौनाका द्वारिका चौधरीको मृत्यु भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढीमा सुमोबाट ओर्लिएर होटलतर्फ खाजा खान जाने क्रममा ६० वर्षीय चौधरी अचानक बेहोस् भई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि हेटौंडा अस्पतालमा पठाएकोमा उपचारको क्रममा शनिबार राति १९ः२५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार सुमो र सुमो चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा रहेको र शव गए राति आफन्तले बुझिलगेका छन् ।
प्रतिक्रिया दिनुहोस्