हेटौंडा । मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको ईट्टा प्रहारबाट एकजना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा–१५ रातोमाटेका ४४ बर्षीय टिकाराम तामाङ रहेका छन् । उनलाई हेटौंडामा प्राथमिक उपचार पछि थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

फुटबल खेलका लागि निर्धारण गरिएको पार्किङको विषयमा विवाद हुँदा तामाङलाई दर्शकले ईट्टा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरेको भण्डारीले जानकारी दिए ।