हेटौंडा । हेटौँडा–१९, सान्नानिटारमा मङ्गलवार दिउँसो बस र बोलेरो एक आपसमा ठक्कर खाँदा ११ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौंडा–१९ मा दिउँसो करिव ३ः४५ बजेको समयमा यात्रुबाहक बसले बोलेरोलाई ठक्कर दिदाँ ११ जना घाइते भएका हुन् ।

वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रु बाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित हुँदा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा चितवन माडी–५ बस्ने ३१ बर्षीय यम बहादुर दरै, हेटौँडा–११ नवलपुर बस्ने २१ बर्षीया रमा सापकोटा, बारा जितपुर सिमरा–२ बस्ने २७ बर्षीय जिवन लामा, कलैया–२६ महेसपुर बस्ने ३० बर्षीया मन्जुदेवी कपाली, उहाँको छोरा ३ बर्षीय नितेश कपाली, हेटौँडा–१९ नेवारपानी बस्ने ३२ बर्षीया बिमला श्रेष्ठ, सोही स्थान बस्ने २९ बर्षीय कल्पना श्रेष्ठ रहेका छन् ।

त्यस्तै बस चालक धनगढी–१३ बस्ने ३८ बर्षीय मौली राना, बसको सहचालक २४ बर्षीय अबिशेक शर्मा,भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने ४५ बर्षीय हिरालाल सर्मा र हेटौँडा–१९ नेवारपानी बस्ने ३४ बर्षीय सुसिल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते ११ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हात, खुट्टा, टाउकोमा चोट लागेको छ । बोलेरो पिकअप गाडीको चालकलाई केही नभएको प्रहरीले जनाएको छ । उक्त बसमा २६ जना यात्रु सवार थिए ।