हेटौंडा । विश्व सालक दिवसको अवसरमा हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बेतखोल्सी सामुदायिक वन उपभोक्ता समुहकी क्रिष्टिना खतिवडा प्रथम भएकी छिन ।

सालक संरक्षणमा सामुदायिक वन समुहको भूमिका र दायित्व विषयक प्रतियोगितामा सोहि समूहकी समीक्षा आचार्य दोश्रो र सुन्दर सामुदायिक वनका अतीत अधिकारी तेश्रो भएका छन । प्रतियोगितामा १२ जनाले भाग लिएका थिए ।

विजयी प्रतियोगि प्रथमलाई नगद ५ हजार र प्रमाणपत्र, दोश्रोलाई नगद ४ हजार र प्रमाण पत्र र तेश्रोलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सुनिल शिवाकोटी , शत्रुघन दुलााल र गीता अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष रमेश कार्की , सनौलो महिला समूहकि अध्यक्ष पवित्रा रुम्वा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने,कार्यालय सचिव भीमसेन पौडेल लगायतको सहभागीता थियो ।

समूहले २०६२ सालदेखि सालकको संरक्षण , यसको बासस्थान , आहारको संरक्षण र कानूनी ब्यवस्थाको बारेमा समुदायस्तरमा काम गर्दै आएको छ । समूहको सेवा क्षेत्रभित्र ५० भन्दा बढी सालक रहेको कार्यालय सचिव पाडेलले बताए ।