![](https://anirudrakhabar.com/wp-content/uploads/2024/02/goat-1024x573.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2024/02/goat-1024x573.jpg)
हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले कृषकलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो ।
व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्दै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले व्यावसायिक रुपमा बाख्रा पालन गरे स्थानीय सरकारले पूर्णरुपमा सहयोग रहने बताए । वडाको माग अनुसार मौरी, चिउरी, गाई लगायतका विभिन्न कृषिमा निर्भर हुने आयमुलक कार्यमा सहयोग रहने बताए । हाम्रो क्षेत्रमा बाख्रा पालनको लागि राम्रो ठाउँ भएकोले बाख्रा पकेट क्षेत्र बनाउँदै छौं, बाख्राको लागि उन्नत घाँसको व्यवस्था पनि मिलाउँछौं, अध्यक्ष मल्लले भने ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, पशुपन्छी शाखाको संगम बिश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्