हेटौंडा । हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

उनीहरूको साथबाट नगद ६७ हजार २ सय ८० रूपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानको लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।