हेटाैडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७९/०८० को तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख शर्मा समक्ष आयोगका सदस्य सुन्दर पुर्कुटीले प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार वार्षिक प्रतिवेदन पेश भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता उपसचिव गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।