हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहानगर–११ म बिहीवार साँझ एक घरमा आगलागी भएको छ ।

मालागिरी स्थित सुरेन्द लामाको दुङगा, माटो र जस्तापाताबाट बनेको कच्चि घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ग्यास सिलिण्डर समेत पड्केर लागेको आगो करिब एक घण्टापछि प्रहरी, स्थानीय र थाहानगरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सुन, नगद, अन्नपात र घर पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा मानविय क्षति नभएको र आगलागी हुनुको कारण नखुलेको प्रहरीको भनाइ छ ।