हेटौंडा । हेटौंडा–९, मा स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

बिहीवार राती १० बजेर ३० मिनेटको समयमा पूर्व पश्चिम राजमार्ग अन्र्तगत पशुपति नगर कार्यालय अगाडि गुम्बा चोकबाट रातोमाटे तर्फ जाँदै गरेको ना २९ प १६९१ न.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक हेटौंडा–८, कमानेका २६ बर्षीय अरुण जर्गा मगर घाइते भएका छन् । उनको निधारमा चोट लागी उपचारको लागी हेटांैडा अस्पताल पठाएकोमा थप उपचारका लागि शुक्रवार विहान १२ बजेर ३५ मिनेटमा पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।