हेटौंडा । हेटौंडा–८, बिरेन्द्र मार्गमा मोटरसाइकलको ठक्करबाट बिहीवार राती पैदलयात्री घाइते भएकी छिन् ।

भित्री सडक खण्डमा हेटांैडाबाट कमाने तर्फ जार्दै गरेको बा.प्र.०३–००५ प ७७५७ नं.को मोटरसाइकलले पैदल यात्री हेटौडा–८ कमाने बस्ने ५८ बर्षिय मालती लामालाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट बाहिरी चोट नदेखिएपनि शरिरमा भित्री चोट लागेको र अवस्था तत्काल मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल समेत अनियन्त्रित भई पल्टदा चालक हेटौंडा–८ बस्ने अन्दाजी ३७ बर्षिय सनोद सुबेदी समेत घाइते भएका छन् । उनको मुखमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका दुबै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हरियालीको नियन्त्रणमा रहेको छ ।