हेटौंडा । हेटौंडा–२ स्थित सिद्धार्थ माविका बालबालिकाको लागि कानको निःशुल्क परीक्षण सिबिरमा तीन सय भन्दा बढी बालबालिकाले कान परीक्षण गराका छन् ।

बालबालिकाले कक्षाकोठामा पठनपाठनमा ध्यान दिन नसक्नुको पछाडि कानको समस्या पनि हुनसक्ने र त्यो थाहा नभएका कारण समस्या बढ्दै जाने सम्भावना भएकोले समयमै परीक्षण गरी ढुक्क हुनुपर्ने शिबिरका सहभागीहरुले बताएका छन् ।

किवानिज क्लब अफ मकवानपुरले आयोजना गरेको शिबिरको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले उद्घाटन गरेका हुन् । बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने अन्तराष्ट्रिय संस्था किवानिजले नेपालको बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको कार्यक्रमका प्रमुख अतिथि नगरप्रवक्ता न्यौपानेले बताए । नगरका बिभिन्न वडामा यस्ताखालका शिबिर राख्न किवानिजसँग सहकार्य गर्न आफूहरु तयार रहेको न्यौपानेले बताए ।

कार्यक्रममा किवानिज क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष तीर्थराज पराजुलीले बालबालिकाले कान कम सुन्ने गरेको बिषयमा अधिकांश अभिभावकलाई जानकारी नहुने भएका कारण धेरैको कानमा समस्या देखिएकोले कान परीक्षण सिबिर आयोजना गरिएको बताए । यस अघि किवानिजले मनहरीको पशुपतिनाथ माविमा यस्तै शिबिर आयोजना गरेको थियो ।

सिद्धार्थ माविका कक्षा ५ सम्मका बालबालिकाको कान परीक्षण गर्न सूचना गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताएका छन् । हेटौंडा अस्पतालका इएनटी चिकित्सक ईक्लब ढुँगाना र ओमप्रकाश यादवले कान परीक्षण गरी आवश्यकताअनुसार औषधि बितरण गरिएको थियो । किवानिज क्लब मकवानपुरका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रम क्लबका कोषाध्यक्ष ईश्वर रिजालले सहजीकरण गरेका थिए ।