हेटौंडा । मकवानपुर प्रहरीले मंगलवार लागूऔषध चरेसहित भैंसेबाट एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीले १५ किलो १२० ग्राम लागूऔषध चरेशसहित धादिङ गजुरी गाउँपालिका वडा नं.८ बस्ने ३१ बर्षिय प्रशान्त तामाङलाई पक्राउ गरेको छ ।

भीमफेदी–२, भैंसे चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौँडातर्फ आउँद गरेको बागमती प्रदेश ०२–०२० प ८८३३ नं. को मोटरसाइकल चालक तामाङलाई शंका लागी खानतलासी गर्दा झोला भित्र लुकाई ल्याएको लागूऔषध चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

तामाङलाई मकवानपुर जिल्ला अदातलबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।