हेटौंडा । नेकपा (एमाले) मकवानपुरको थाहा नगरपालिका अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् ।

तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई चयन गरेको हो । उपाध्यक्षमा हेम कुमार थिंङ, सचिबमा सुजन रायमाझी, उपसचिबमा तुलसा बिष्ट, उपसचिबमा सूर्यबहादुर दोङ लगायतका चयन भएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले मकवानपुरका इन्चार्ज देवी ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको सभागिता रहेको थियो ।