हेटाैँडा । हेटाैँडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् । अर्याल दशाैँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुरबाट हेटाैँडा आएका हुन् । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटाैँडा सरुवा गरेकाे हाे । अर्यालले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउन प्रयास गर्नेछु, यहाँहरुकाे साथ सहयाेगकाे अपेक्षा गर्दछु ।’

यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकाेटाकाे काज संघमै फिर्ता भएकाे छ ।