
हेटौंडा । नयाँ वर्ष २०८१ को अवसरमा हेटौंडा ६ शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाद्वारा प्रकाशित भित्तेपात्रोकाे बिहीवार विमोचन गरिएको छ ।
हेटौंडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले भितेपात्रोको विमोचन गरेका हुन । टोल विकास संस्था र विभित्र विज्ञापन दाताहरूको सहयोगमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।
कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य विजय पौडेल , लेखराज ढकाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी , नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, टोल विकास सस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, वडा समन्वय समिति हेटौंडा ६ का अध्यक्ष बासु खतिवडा, संस्था सल्लाहकार भरत सापकोटा ,सचिव प्रदिप ढुङ्गाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाईँ लगायतको सहभागिता थियो ।
Visited 57 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्