
हेटौंडा । हेटौंडा–६ पुतलीबजारमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
धरान चतरा सडकखण्ड अन्तर्गत शुक्रबार राति रङ्गशाला तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जादै गरेको बागमती प्रदेश०३–००३ प ७१२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा १८ का दुई युवक गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा ७१२६ नम्बरको मोटरसाइकल चालक हेटौँडा १८ बस्ने १९ वर्षीय सुगम दुलाल र ६३०९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ बस्ने १९ वर्षीय बिनायक दुलाल रहेको जनाइएको छ । दुवै मोटरसाइकल सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर दुर्घटनामा परेको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा गम्भिर घाइते दुवैजनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्