
हेटौँडा । पूर्वी मकवानपुरको बकैयामा सवारी दुर्घटना भएको छ ।
धरान चतरा सडक खण्ड अन्र्तगत आइतवार विहान साढे दश बजे बकैया गाउँपालिका वडा नं. ५ तीनतलेमा सवारी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको लु १ ख ९८११नम्बरको ट्रक आफैं अनियन्त्रित भइ सडकको दाहिने पट्टी पल्टिएको हो । ट्रक सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
Visited 1,589 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्