हेटौंडा । नेकपा एमाले मकवानपुरले ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको सम्झनामा हेटौंडा–५ स्थित पार्टी कार्यालय परिषरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए । जिल्लामा विरामीलाई आवश्यक पर्ने रगतको कमी भएको जानकारी आएलगत्तै रक्तदान कार्यक्रम गरेको उनले बताए । यस्तै रक्तदान कार्यक्रम लगत्तै पुप्पललाल पार्कमा रहेको पुप्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको थियो ।

पार्टी जिल्ला अध्यक्ष श्रिधर पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा केन्द्रिय सदस्यहरु रामेश्वर राना,जुनेली श्रेप्ठ,भारती पाठक लगायत जिल्लाका नेता कार्यकताको उपस्थिती रहेको थियो । कार्यक्रममा पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न निर्वाह गरेको भुमिका र योगदानलाई सम्झदै उपस्थित नेताहरुले मन्तव्य राखेका थिए ।