हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।
मङ्गलबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै इन्चार्ज विजय गौतमले जनप्रतिनिधिहरुको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा त्यसो नहुँदा एसईईको नतिजा कमजोर आएको वताए । कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने ४६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलान, सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, पार्टी प्रदेश कमिटी सदस्य लक्ष्मी माझी, बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको सहभागिता रहेको थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुराम गौतम, बकैया गाउँपार्टी सचिव बिमल नेपाल, मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ काअध्यक्ष हरि ढकाल, मकवानपुर जिल्ला कमिटी सदस्य विशाल जिम्बा र प्राविधिक बिभाग कमिटीका सदस्य अनुप थोकर लगायतको आतिथ्यता रहेको थियो । अखिल क्रान्तिकारी बकैया गाउँ कमिटी अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव दिपेश घिमिरेले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्