हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा श्रीकृष्ण जात्राको अवसरमा आयोजना गरिएको घैँटो फुटाइ प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स टिमले जितेको छ । उपाधिसँगै आग्राले नगद नगद २० हजार पुरस्कार पाएको हो ।
प्रतियोगितामा सुनाखरी युवा क्लव थाहा–५ समूह द्वितीय हुँदै नगद १३ हजार रुपैयाँ र कैलाशको टिमले तृतीय हुँदै नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगिताका विजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रथम पुरस्कारका प्रायोजक साझा रोडा ढुङ्गा उद्योगका प्रोपाइटर रामराजा केसीले पुरस्कार प्रदान हस्तान्तरण गरे ।
सोही अवसरमा शिखरकोटको चुनीथानमा वृहत सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए । साँस्कृतिक कार्यक्रममा सयौँको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्