www.anirudrakhabar.com
www.anirudrakhabar.com

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १२ हात्तीगौडा पदमपोखरीमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि शुक्रवार एक दिवसीय सचेतना तालिम भएको छ ।

इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा एक दिवसिय तालिम कार्यक्रम भएको हो ।

राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका स्थानीय समुदायका लागि वातावरणीय अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । वातावरणीय अपराध रोक्न समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले वातावरणीय अपराधबारे समुदायलाइ सचेतनामूलक प्रशिक्षण दिइएको थियोे ।

www.anirudrakhabar.comकार्यक्रममा वातावरणीय अपराध रोकथाम र नियन्त्रणमा स्थानीय समुदायको भूमिका र वातावरणीय अपराध नियन्त्रणका विषयमा प्रशासन सापकोटा र नेपालमा वातावरणीय अपराध तथा तिनको नियन्त्रण एवं रोकथामका लागि हालसम्म भएका प्रयास र नेपालमा वातावरणीय अपराधलाई नियन्त्रण गर्ने मुख्य कानुनहरूका विषयमा सोल्जर यादवले सहजिकरण गरेका थिए ।

www.anirudrakhabar.comजिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता एवम् प्राकृतिक संरक्षण उपभोक्ता समिति अध्यक्ष आश्विर बलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत वसन्तराज गौतम, जिल्ला वन महासंघ मकवानपुरका सदस्य वखान सिं घलान, जनकल्याण मध्यवर्ती सामुदायिक वनका श्री बहादुर बस्नेत लगायतकाले वन, वातावरण र अहिले आम उपभोक्ताले भोग्नुपरेका बिषयमा बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय ५२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।