हेटाैँडा । हेटाैँडा–६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे १६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ ।

बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीकन अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हाे ।

साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, काेषाध्यक्ष शुभद्रा काेईरालाले आर्थिक प्रतिवेदन र लेखा सदस्य कृष्णबहादुर मानन्धरले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियाे । साधारणसभामा असली बचतकर्ता अनिता लम्साल, असली ऋणी शर्मिला सापकाेटा , ज्येष्ठ शेयर सदस्य गाेमा न्याैपाने, एकैदिन जाेडी सदस्य बन्ने विश्वराज न्याैपाने र शुभद्रा पुडासैनी, उत्कृष्ट कर्मचारी रमा देवकाेटा र संस्थापक शेयर सदस्य चन्द्र बहादुर मानन्धरलाई पुरस्कृत गरिएको थियाे ।

साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा,हेटाैडा ६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चाैलागाई, संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ , हेटाैडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पाैडेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा , टाेल विकास संस्था वडा समन्वय समिति हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा , कामधेनु बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष केशव धिताल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

२ हजार ९ सय १५ जना शेयर सदस्य रहेकाे सहकारीकाे शेयर पूजी २ कराेड ८८ लाख निक्षेप ३१ कराेड ३७ लाख र कर्जा लगानी २९ कराेड ७७ लाख रहेकाे ब्यवस्थापक दिपा श्रेष्ठले बताईन ।

भीमसेन पौडेल
थप जानकारी