हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
हेटौँडा–सिन्धुली सडकअन्तर्गत आज बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको स्थानीय रामकृष्ण घोरासाइनीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्