हेटौँडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ५ बोट बारीमा चाक्ले बगरस्थित भित्री सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ।
बोलेरो आइतबार दिउँसो दुर्घटना हुँदा मकवानपुरको कैलाश गाउँपालिका ३ का शन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मनहरीबाट कैलाश गाउँपालिकातर्फ जादै गरेको सु.प.प्र. ०१–००१ च २९४६ नं.को बोलेरो पिकअप गाडी ब्रेक फेल भएर सडकबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
बोलेरोमा आठ जना सवार रहेकोमा ५६ वर्षीय गोम्बा गम्भीर घाइते भएर मनहरी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा मृत्युभएको हो।
मृतकको शव हेटौँडा अस्पतालमा रहेको छ। अन्य यात्रु सकुसल रहेको र गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्