हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मेलमिलाप दिवसले राष्ट्रको समस्या समाधान गर्नुपर्ने बताएका छन। ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा मङ्गलवार हेटौँडामा सम्बोधन गर्दै महामन्त्री थापाले देश र जनताको पक्षमा लाग्नुपर्ने  बताए ।
उनले ८४ सम्म संविधानको पुनरावलोकन गर्नुपर्ने बताए । अनुभव गरेको आधार अहिले भएको समस्या समाधान   गर्दै दुई ठुला पार्टी मिलेर अगाडि बढ्ने उनको भनाइ छ । काङ्ग्रेस र एमाले बिचसंविधान  पुनरावलोकन गर्ने बिषयमा साझा धारणा बनाएर माओवादी र मधेसवादी दलसँग छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
प्रदेश र स्थानीय सरकारलाई दिइएको अधिकार पनि पुनरावलोकन आवश्यक रहेको बताउदै प्रदेशमा मन्त्री र स्थानीय तहमा पनि जनप्रतिनिधिको सङ्ख्या धेरै भएको उहाँको धारण छ । प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई कामकाजि बनाउन पर्नेमा उहाँको जोड थियोे ।
निर्वाचन प्रणाली पनि फेर्नु पर्ने बताउदै उनले एउटै दलले पाच बर्ष सरकार चलाउन पाएमात्रै दिगो विकास हुने  बताए। काङ्ग्रेस संविधान संशोधनको पक्षमा रहेको बताउदै सरकारलाई प्रभावकारी बनाउदै अगाडि बनाउने पक्षमा रहेको उनको भनाइ छ ।
नेपालीको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउदै उनले नेताले स्रोतको अत्यधिक दोहन गरेकोमा चिन्ता व्यक्त गरे । पार्टीको महाधिवेशन समयमै हुने बताउदै उनले कार्यकतालाइ  चिन्ता नलिन आग्रह गरे ।
प्रसङ्ग जोड्दै नेपाली काङ्ग्रेसका नेताले सहकारी अपचलन गरेमा कार्वाही हुनुपर्ने बताउदै  गल्ती गरेकाले सजाय भोग्नुपर्नेमा जोड दिए ।  दोषी जोकोही, जुन पार्टीको भएपनि उम्कन हुदैन,  निर्देश कोहीलाई पनि कार्वाही हुनुहुदैन, कानुन सबैका लागि बराबर हो, महामन्त्री थापाले भने ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गाैतम,अजयबाबु शिवाकोटीले राष्ट्रिय एकता कायम गर्दै पार्टी भित्रको गुटबन्दी त्याग्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, मकवानपुर पुर्व सभापति रघुरमण न्याैपाने, नेता जयराम लामिछाने, संघीय सभापति दामाेदर खनाल, मकवानपुर सभापति बुद्ध लामा, क्षेत्र २ का  प्रदेश खका सभापति  रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, काठमाडौ मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद  घिमिरे लगायतकाले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।