हेटौँडा । बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ्ग व्यवसाय गर्दै आएकी युवा व्यवसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग वाणीज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
घरबाटै टेलरिङ्ग व्यावसाय सुरुवात गरेकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आएकी छिन । उनले २०६९ सालदेखि जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र सन्चालन गर्दै आएकी छिन । श्रेष्ठले महिला समुहसँग मिलेर खोलिएको हेटौँडा गर्मेण्ट उद्योगको अध्यक्ष भएर गार्मेण्ट उधोग सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरि आर्थिक बिकासमा टेवा पुर्याउदै आएकी छिन ।
२०७२ देखि उद्योग बाणिज्य संघ मकवानपुरको सदस्याता लिदै उद्योग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरेकी श्रेष्ठ विशेष गरि सिटिइभिटीको प्रशिक्षक एवं परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छिन । स्काउट लगाएत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर काम गरेकी श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश महिला समितिको सह संयोजक रहदा विभिन्न कार्यगरी बसेकी थिइन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योग तर्फको महिला आरक्षण सदस्य पदमा उपविजेता भएकी श्रेष्ठले उद्योगी ब्यवसायीको हकहितमा काम गर्न पुनः सोही पदमा उम्मेदवारी दिएकी हुन ।
प्रतिक्रिया दिनुहोस्