हेटौँडा । मकवानपुरको मनहरीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ६ नँयाबस्ती बस्ने अन्दाजी दुई वर्षीय बालिका पूजा थिङको मृत्यु भएको हो ।

आइतबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा मनहरी–६ नयाँ बस्तीमा मनहरी बिलिभर्स इङÞलिस बोर्डिङको ना १ क ९२५० नम्बरको बसले ठक्करदिदा गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको उनले बताए । ठक्कर दिने बस तथा चालक मनहरी–७ बिजौना बस्ने चन्द्र बहादुर तामाङ इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् ।