
हेटौँडा । मकवानपुरको बागमतीमा एक्कासी लडेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
बागमती गाउँपालिका–८, फापरबारीमा डेरी सञ्चालन गर्दै आएका भारतको विहार राज्यको मोतिहारीका ५५ वर्षीय शिव बालक चमारको सोमबार दिउँसो ३ बजेको समयमा एक्कासी लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाउँपालिकाको घनसाइ डाँडाको बाटोमा हिँडिरहेका चमार एक्कासी लडेर बेहोस भएका थिए । एक्कासी ढलेका चमारलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा दिउँसो ४ बजेर २५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरे ।
चमारको शव हेटौँडा अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्