
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाको अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । आइतबार बागमती गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा समीक्षा गोष्ठी भएको हो ।
गाउँपालिका अन्तर्गतका सेवा प्रदायक शाखाहरू र विभिन्न गैरसरकारी संस्थाहरूले आ.व. २०८१-०८२ मा गाउँपालिका भित्र सञ्चालन गर्दै आएको कार्यक्रमहरूको समीक्षा गोष्ठी कार्यक्रममा प्रगति विवरण गरेका थिए । कार्यक्रममा शिक्षा तथा खेलकुद,कृषि तथा पशुपंक्षि, नापी शाखा, स्वास्थ्य शाखा, स्वरोजगार लगायतका शाखाहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले सेवाग्राहीलाई सहज र र सरल ढङ्गबाट सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खड्क बहादुर पुलामी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतकाले बोलेका थिए । कार्यक्रममा पालिका उपाध्यक्ष फडिन्द्र तिम्सिना, वडाध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्य लगायताको सहभागिता रहेको विवेक सिङ्तानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्