काठमाडौं । मंगलबार कारोबार भएपछिको शेयर बजार आगामी आइतबार (माघ २० गते) मात्रै खुल्ने भएको छ ।

आज र भोलि (बुधबार र बिहीबार) सार्वजनिक बिदा परेका शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहनेछन् ।

सरकारले आज शहीद दिवसका दिन देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार सोनामा ल्होसार भएकाले भोलि पनि शेयर बजारसहितका बैंक तथा वित्तीय संस्था आदि बन्द रहनेछन् ।

शुक्रबार र शनिबार पनि शेयर बजार बन्द रहनेछ । अर्को कारोबार अब आगामी आइतबार मात्रै हुनेछ ।

तर, बैंक वित्तीय संस्था, सरकारी कार्यालय भने शुक्रबार अर्थात् माघ १८ गते खुल्नेछन् ।