हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै  जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। बिहिवार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको जनाइएको छ।